पोखरा बिश्वविद्यालय स्कुल अफ बिजनेशका बर्ष २०२३ मा BBA & BBA-BI कार्यक्रममा भर्ना भएका नवआवन्तुक विद्यार्थीहरुलाइ बिभिन्न जानकारी प्रदान गर्ने उदेश्यका साथ नव आगन्तुक विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम पोखरा शृर्जनाचोक स्थित ह्वाईट हाउस पार्टि प्यालेसमा मिति २०८०.०८.०९ मा सम्मपन्न भयको छ। उप–प्राध्यापक सुबास मल्लले संचालन गर्नु भएको उक्त कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंम्खडाले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता स्कुल अफ बिजनेशका निर्देशक सह–प्रध्यापक डा.श्रृजन ज्ञवालीले गर्नुभएको थियो, कार्यक्रममा विद्यार्थीलाई स्वागत मन्तव्य BBA & BBA-BI कार्यक्रम संयोजक उप.प्रध्यापक दिपक ओझाले गर्नुभएको थियो र त्यसैगरी motivational speaker हिमालयन बैंक लिमिटेडका गण्डकी प्रदेश उपप्रमुख समिर केसीले विद्यार्थीलाई व्यवस्थापन संकायको महत्वबारे प्रकाश पार्दै विद्यार्थीलाई थप सकारात्मक सोचका साथ अध्ययन लाई कसरी अगाडि बढाउने र व्यवस्थापन शिक्षाको महत्वबारे प्रशिक्षण दिनुभयो । बिश्वविद्यालय ,स्कूल, पुस्तकालय तथा अनुशासन सम्बन्धी प्रस्तुतिकरण सहप्रध्यापक डा.रवीन्द्र घिमिरे , परिक्षासँग सम्बन्धित प्रस्तुतिकरण आन्तरिक परीक्षा संयोजक उप.प्रध्यापक दिपेश रानाभाट ले गर्नुभएको थियो भने शिक्षक तथा कर्मचारीको परिचात्मक प्रस्तुतिकरण उप(प्रध्यापक डा.प्रदिप सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीको तर्फबाट आफ्नो भनाइ पूर्व.विद्यार्थी जयन्ति सुबेदिले दिनु भएको थियो, त्यसैगरी कक्षा प्रतिनिधि को तर्फबाट MBA का सुनिल ढकालले आफ्नो भनाई राख्नुभएको थियो। स्कूल अफ बिजनेश का तर्फबाट बिभिन्न विद्यार्थीले नृत्य तथा गायन प्रस्तुत गर्नु भएको थियो । उक्त अभिमुखिकरण कार्यक्रम समापन कार्यक्रमका सभापति तथा स्कुल अफ बिजनेशका निर्देशक सह.प्रध्यापक डा.श्रृजन ज्ञवालीले गर्नुभएको थियो ।