MBA कार्यक्रम सम्बन्धि जानकारी प्रदान गर्ने उद्देश्यका साथ MBA 2023 Fall Intake मा भर्ना भएका नयाँ विद्यार्थीहरुको अभिमुखिकरण कार्यक्रम पोखरा लेकसाइड स्थित होटल उत्सब हिमालयमा २०८० -०८- २२ गते सम्पन्न भयको उक्त कार्यक्रम ब्यवस्थापन अध्ययन संकाय पो. वि.का डीन सह प्रा. डा. दयाराज ढकालको प्रमुख आतिथ्यता तथा सभापतित्व स्कूल अफ बिजनेसका निर्देशक डा.श्रृजन ज्ञवालीले गर्नुभएको थियो । Motivational speaker को रुपमा ब्रम्हकुमारी राजयोग ईश्वरीय विश्वविद्यालय पोखरा बाट पाल्नुभएकी ब्रम्हकुमारी अप्सरा सुवेदीले नयाँ विद्यार्थीहरुलाई सकारात्मक रुपमा अघि बढ्न आफूले आफैलाई कसरी उत्प्रेरित गर्न सकिन्छ ? कसरी खुशी रहन सकिन्छ ? भन्ने बारेमा प्रशिक्षण दिनुभएको थियो । विद्यार्थीहरुलाई स्वागत मन्तब्य एम. बि. ए. कार्यक्रम संयोजक सह प्राध्यापक डा. दिपाञ्जल श्रेष्ठ ले गर्नुभएको थियो । एम. बि. ए. का पाठ्यक्रम, परीक्षा प्रणालीको बारेमा सह प्राध्यापक डा. भरतराम ढुङ्गानाले तथा कक्षा तथा अनुशासनको बिषयमा पाट्यक्रम बिकाश केन्द्रका निर्देशक सह प्राध्यापक डा. पुर्ण बहादुर खाडले विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । पोखरा बिश्बबिद्यालय स्कुल अफ बिजनेसका प्राध्यापक तथा कर्मचारी उपस्थित रहेको उक्त कार्यक्रममा विद्यार्थी तथा देशको समसामाहिक बिषयमा उप-प्रशासक प्रमोद गिरीले गजल प्रस्तुत गर्नुभएको थियो । औपचारीक कार्यक्रम संचालन बिद्यार्थीहरु सम्झना पौडेल र बिबेक पौडेलले गर्नुभएको थियो भने अनौपचारीक कार्यक्रम संचालन बिद्यार्थीहरु अनुषा शर्मा र अभिषेक लम्सालने संयुक्त रुपमा गर्नुभएको । कार्यक्रमको प्रमुख आकसण को रुपमा रहेको, बिभिन्न चरण पार गर्दै Miss Fresher Pokhara University अस्मिता पौडेल Mister Fresher Pokhara University मुकुन्द मणी भण्डारी People Choice Award अस्मिता अधिकारी ले प्रप्त गर्नुभयको थियो साथै विद्यार्थीहरु पुर्णिमा अधिकारी, निकिता ओझा , सन्धा त्रिपाठी आर्यन गुरुङ , समिप दाहाल , बिबेक नेपाली लगायत विद्यार्थीहरुले बिबिध सांङ्गीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए भने कार्यक्रम समापन कार्यक्रमका अध्यक्ष तथा स्कूल अफ बिजनेसका निर्देशक डा.श्रृजन ज्ञवालीले गर्नुभएको थियो ।